खर्च कटौति तलबाट होइन राष्ट्रपति कार्यालयबाट गर्नुपर्छ : पूर्व अर्थमन्त्री खतिवडा

‘सरकारको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन’


१७ जेष्ठ २०८०, बुधबार
Youraj khatiwada

काठमाडौँ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आउँदो आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् ।

आज (बुधबार) नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् । उनले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने जिकिर गरे । सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको उनको भनाइ थियो ।

उनले बैंकिङ क्षेत्रको निक्षेप र सरकारको वचतले समेत नपुग्ने भएकोले ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताएका छन् । नेपालको जिडिपीको ६ प्रतिशत मात्रै वचत रहेको भन्दै नेपालमा वचत प्रणाली कमजोर रहेको उनको तर्क थियो । सरकारले साधरण खर्च कटौतिको शुरुवात गर्नु राम्रो भएको उल्लेख गर्दै उनले अर्थमन्त्रीले खर्च कटौति तलबाट नभएर राष्ट्रपति कार्यालयबाट शुरुवात गर्न आवश्यक रहेको बताए ।

उनले सामान्य मन्त्रालयहरुको ओभर टाइम, प्रोत्साहन भत्ता कटौतिमा १० अर्बको फरक परे पनि समग्र अर्थतन्त्रमा प्रभाव नपर्ने प्रष्ट पारे । सरकारले सुरक्षा रक्षासँग सम्बन्धित एउटै मन्त्रालयमा १० अर्बको बजेट बढाएपछि त्यसको असर विकास पुँजीगत खर्चमा भेट्न नसकिने उनकाो दाबी थियो ।

उनले विगत लामो समयदेखिको अर्थमन्त्रीहरु संसदीय प्रणालीमा अर्थतन्त्रका पोलीसी ट्रयापमा पर्ने गरेको बताए । पुँजीगतभन्दा ऋणको सावाँ ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै बनाउनु पर्ने भएकाले ट्रयापमा पर्ने समस्या रहेको उनको भनाइ थियो । उनले अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै कर्मचारीतन्त्र पनि इमान्दार हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७