प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत


१७ जेष्ठ २०८०, बुधबार
prachanda delhi

नयाँदिल्ली । चार दिने भारत भ्रमणका लागि आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँदिल्ली पुगेका छन् । नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड २ बजेर ४० मिनेटको समयमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका हुन् ।

नयाँदिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका छन् । यसका लागि सांस्कृतिक कार्यक्रम गरिएको छ ।

Lekhi

प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि भारत सरकारका रेलवे मन्त्री राओसाहेब पटिलको नेतृत्वमा विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थल आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमण टोली चार दिने भारत भ्रमणका लागि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमण तय गरेका हुन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १ः२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका थिए ।

prachanda visit india U6Rbs6bMTp

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी छन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७