रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जएपछि उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति कार्यालयबाट बुधबार जारी विज्ञप्तिमा ‘प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा’ खड्कालाई जिम्मेवारी तोकिएको उल्लेख छ । प्रधानमन्त्री दाहाल चार दिने भारत भ्रमणका लागि बुधबार दिल्ली प्रस्थान गरेका छन् ।
