राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त


१७ जेष्ठ २०८०, बुधबार
ram chandra poudel 2
फाइल फोटो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले फिजी, अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलई अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त भएका हुन् ।

त्यस्तै राष्ट्रपति पौडेलले डेनमार्कका डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

raj

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७