कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले दिइन् राजीनामा


१७ जेष्ठ २०८०, बुधबार
Nirmala Limbu

विराटनगर । कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले पदबाट राजीनामा दिएकी छन् । आज (बुधबार) बसेको जसपा प्रदेश समितिको वैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।

राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशन अनुसार पदबाट राजीनामा दिएको जानकारी गराएकी छन् । पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई बारम्बार आग्रह गर्दा सुनुवाइ नभएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएको उनले बताएकी छन् ।

उनले पहिचानबादी पक्षबाट आफ्नो चरित्र हत्या भएको समेत गुनासो गरेकी छन् । सरकारमा बसेर पहिचानको मुद्दा उठाउदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन् । आइतबार पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७