नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डको क्वात्रा र डोभालसँग भेटवार्ता


१७ जेष्ठ २०८०, बुधबार
prachanda 12
भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा । तस्वीर : प्रदीपराज वन्त

नयाँदिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन् । भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीस्थित मौर्य होटलमा बसेका छन् । विमानस्थलमा स्वागतपछि प्रचण्ड होटल पुगेका थिए ।

सोही होटलमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न क्वात्रा र डोभाल होटल पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो भारत भ्रमण हो । प्रचण्डको भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन् । प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७