७९ एसपी सरुवाः बदनामहरुलाई महत्वपूर्ण जिल्लाको जिम्मेवारी


२३ बैशाख २०७५, आईतवार
police 2

काठमाडौैं, २३ बैशाख । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको एसपीहरुको सरुवा निकालेको छ । प्रहरीले आइतबार ७९ एसपीको सरुवा गरेको छ । सिन्डिकेट खारेज गरेर जनतामा वाहावाही कमाएका गृहमन्त्री रामबहादुर थापा एसपीहरुको सरुवामा भने विवादमा परेका छन् । उनले विवादास्पद र कमाण्ड गर्न नसक्नेहरुलाई आकर्षक र महत्वपूर्ण जिल्लामा सरुवा गरेका छन् । सरुवामा बदनामहरुले आकर्षक जिल्ला पाएका छन् ।

police 2

रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करीमा मुछिएका ओम रानालाई कास्कीको प्रहरी प्रमुखमा सरुवा गरिएको छ । जबकि रानासँगै रक्तचन्दन तस्करीमा मुछिएका अहिरमदन गणका गणपति(कर्णेल) रामजी रामजी थापालाई कोर्टमार्सल गरी जागिरबाटै बर्खास्त गरिएको थियो । तर रक्तचन्दन तस्करीमा मुख्य भूमिका भएका तत्कालीन डीएसपी रानालाई नेपाल प्रहरीले उन्मुक्ति दिएकोमा आलोचना भएको थियो । उही काण्डमा सेनामा जागिर जाने, प्रहरीमा भने पुरस्कृत हुने परिपाटी स्थापित गर्ने काम रानाको हकमा भएको थियो ।
त्यस्तै रुपन्देहीमा डीएसपी हुँदा लागूऔषध प्रकरणमा निलम्बनमा परेका एसपी रामेश्वरप्रसाद यादवलाई सिन्धुलीमा सरुवा गरिएको छ । एसपी यादव सातदोबाटो बृत्तको प्रमुख हुँदा पनि जुवा लगायतका काण्डमा परेका हुन् ।
कर्मचारी प्रशासन शाखाका प्रमुख रेवती ढकालको पर्सामा सरुवा भएको छ । कर्मचारी प्रशासनमा चन्द्रकुवेर खापुङलाई ल्याइएको छ । त्यस्तै काभ्रेमा रविराज खड्का, रौतहटमा रविन्द्र केसी, धनुषामा गोविन्द थपलिया, डोटीमा किसनसिंह थापा, गोरखामा विमल बस्नेत, इलाममा माधव श्रेष्ठ, बारामा मिरा चौधरी, काभ्रेमा रविराज खड्का, नवलपरासीमा राजेन्द्र भट्ट, तनहुँमा सिद्धिबिक्रम शाह, धनकुटामा सुरेन्द्र गुरुङ, भक्तपुरमा हिमालयकुमार श्रेष्ठ चितवनमा सुशील सिंह राठौर तथा सर्लाहीमा हृदय थापाको सरुवा भएको छ ।
बदनामहरुले अवसर पाउँदा राम्रा अधिकारीहरुले भने यसपटक इन्चार्जको अवसर पाएनन्। पर्सामा सरुवा भएका ओम राना रक्तचन्दन तस्करीमा कारबाही भोगेका अधिकारी हुन् । गृहमन्त्री रामबहादुर थापाको दबाबमा उनलाई कास्की पठाइएको हो । चितवनमा सरुवा भएका सुशीलसिंह राठौर माओवादी अध्यक्ष प्रचण्डका पीएसओ सोमेन्द्रसिंह राठौरको सिफारिसमा चितवन सरुवा भएका छन् । झापा, मोरङ, रुपन्देही, नुवाकोट, क्षेत्रीय ट्राफिक इटहरीका प्रमुख चलाइएका छैनन् ।
हेर्नुहोस् सरुवा सूचीः

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७