विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि सेनेगलमा झडप : नौं जनाको मृत्यु


१०:३४ बजे

काठमाडौं । सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको ज्यान गएको छ । अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीवार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडपमा नौ जनाको ज्यान गएको गृहमन्त्रीले बताएका छन् ।

अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आउँदो राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीवार अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएको थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको, घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीवारको फैसलापछि प्रहरी र प्रदर्शनकारीहरूबीच झडप मात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो, सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको ज्यान गएको गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा बताएका छन् । बलात्कार अभियोगमा अदालतले सोनकोलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले नागरिकलाई सडकमा आउन आह्वान गरेको थियो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७