चीनलाई प्रधानमन्त्री प्रचण्डको सन्देश : जुलाई लास्ट वा अगस्ट फस्टमा भ्रमणको सम्भावना छ

‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्न चीन तयार छ’


१९ जेष्ठ २०८०, शुक्रबार
agni sapkota

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सहयोग गर्न चीन तयार रहेको बताएका छन् । चीन भ्रमणबाट फर्केपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध कस्तो हुनुपर्छ र आगामी दिनमा यसलाई कसरी अघि बढाउनु पर्छ भन्ने विषयमा सघन छलफल भएको उनको भनाइ छ ।

‘नेपालमा उहाँहरूले शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राख्नु भएको थियो । हामीले तपाईंहरूले सहयोग गर्नुपर्छ भन्दा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन जस्तोसुकै सहयोग गर्न तयार छौँ, बरु एउटा असल मित्रको हैसियतले हामीलाई सबै कुरा खुलस्त भनिदिनुभयो भने सहयोग गर्न सहज हुन्छ भन्नुभयो,’ सापकोटाले भने ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ को चीन भ्रमणको सन्देश पुर्‍याएको बताएका छन् ।सापकोटाले प्रधानमन्त्रीको तर्फबाट जुलाई लास्ट वा अगस्ट फस्टमा भ्रमण हुनसक्ने सन्देश (प्रस्ताव) राखेको बताए ।

‘मैले प्रधानमन्त्री ज्यूलाई भारत भ्रमणमा जानुअघि भेटेको थिए । कुन–कुन एजेण्डामा छलफल गर्ने भनेर राखेको थिए । उहाँले जुलाईको लास्ट वा अगस्टमा चीनको भ्रमण हुनेछ भन्नुहोला । वीआरआई अन्तर्गत प्रोजेक्टको सस्तो ब्याजमा ऋण भनिएको छ । केही योजना अनुदानमा भए आर्थिक विकासमा गर्न सजिलो हुन्छ भन्ने थियो’, सापकोटाले भने, ‘मैले विशेष जोड दिएर प्रधानमन्त्रीज्यूको सन्देश राखे । उहाँहरुले शब्दमै हुन्छ भनेर भन्नु भएन । मैले एकल रुपमा भेट्दा राष्ट्रपतिलाई भन्छौं भन्नुभएको छ ।’
चीन र नेपालबीच जोडिएका नाका सहज रुपमा सुचारु गर्ने विषयमा पनि छलफल भएको सापकोटाले बताए । चीनमा युवाहरुलाई असाध्यै विश्वास गरेको पाइएको पनि सापकोटाले बताए । ‘सी जिन पिङले सधैं भन्ने गर्नुहुन्छ । अग्रजहरुलाई उछिन्ने गरी अगाडि आउनुस् भनेर अपिल गर्नुभएको छ । त्यो भएको पनि पाइयो’ उनले भने, ‘हाम्रो भ्रमणको व्यवस्था गर्ने युवा–युवतीहरु थिए । त्यो हामीले व्यवहारमा समेत देख्यौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७