रास्वपा सांसद सोविता सुटुक्क बिहे गरेर जापान यात्रामा


१९ जेष्ठ २०८०, शुक्रबार
shobita gautam and grihendra ghimire 1024x624 1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतम बिबाह बन्धनमा बाँधिएकी छिन् । चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग गौतमले सुटुक्क लगनगाँठो कसेकी हुन् ।

हाल जापानमा रहेकी सांसद गौतम गत जेठ ७ मा बिबाह बन्धनमा बाँधिएको पारिवारिक स्रोतले जनाएको छ । जापान जानुअघि गौतमले पार्टीमा जानकारी गराएकी थिइन् । उनले आफ्नो व्यक्तिगत कामको सिलसिलामा जापान लान लागेको मेसेन्जरमार्फत पार्टीमा जानकारी गराएकी थिइन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतम र घिमिरेले सामान्य तरिकाबाट दुवै परिवारको जमघटमा बिबाह गरेका हुन् । बिवाह बन्धनमा बाँधिएका उनी हिमालयन बिल्डर्सका डाइरेक्टर हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७