कस्तो रहला आज देशभरको मौसम ?


२० जेष्ठ २०८०, शनिबार
weather

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको अधिकांश भू–भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले छ । अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७