भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता, राज्यमन्त्री लेखीले गरिन् विदाइ (तस्वीरहरु)


१०:२६ बजे

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चार दिने भारत भ्रमण सकिएको छ । भ्रमण अन्त्य गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ आज (शनिबार) साँझ नेपाल आउने भएका छन् । प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी विमानस्थलमा बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा भारतकी विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालगायतको उपस्थिति रहेको थियो । भारतमा रहँदा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदी, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा उपराष्ट्रपति जगदीप धनकडसँग भेटवार्ता गरेका थिए । उनले मध्य प्रदेशको भ्रमण समेत गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७