नेपाल भाषा, कला र संस्कृतिले धनी मुलुक हो : सभामुख घिमिरे


२१ जेष्ठ २०८०, आईतवार
Devraj Ghimire speaker2023 01 30 05 40 27

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका छन् ।

फोकस नेपाल संस्थाले शनिबार यहाँ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघ संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले नेपाल गरिबीको चपेटामा रहे पनि भाषा, कला र संस्कृतिको हिसाबले धनी मुलुक भएको बताएका हुन् ।

‘नेपाल जाति, भाषा, कला, संस्कृतिलगायतका हिसाबले समुन्नत छ, यसको प्रचारप्रसार गर्ने काममा सामाजिक सं३ संस्थाको महत्त्वपूर्ण भूमिका रहन्छ’, उनले भने । निःस्वार्थ सेवाभावका साथ सामाजिक संघ संस्थाले काम गर्नुपर्ने उनको भनाइ थियो । सभामुख घिमिरेले समाजसेवा महान कार्य भएकाले त्यसमार्फत समाजलाई माथि उठाउन सकिने बताए । उनले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गरे ।

सभामुख घिमिरेले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको भन्दै त्यसको सदुपयोग गर्न सबै लाग्नुपर्ने बताए । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघ संस्थाले नजिक बनाएको बताए । सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७