म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि, युनाइटेड पराजित


२१ जेष्ठ २०८०, आईतवार
fa cup final man city man united 0603 rHMAn1r99A

काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको उपाधि जितेको छ । हिजो भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीका इल्केए गुन्डोगानले दुई गोल गरे ।

युनाइटेडका ब्रुनो फर्नान्डेसले एक गोल फर्काए । वेम्बलीमा खेलको पहिलो मिनेटमा नै गुन्डोगानको गोलबाट सिटीले अग्रता बनाएको थियो । ३३औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गरी खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर खेलको ५१औँ मिनेटमा गुन्डोगानले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन । सिटीको यो सिजनको दोस्रो उपाधि हो ।

यसअघि सिटीले प्रिमियर लिगको उपाधि जितिसकेको छ । अब सिटीले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्ने छ । जुन ११ तारिखमा हुने खेलमा इन्टर मिलानलाई हराउन सके सिटीले तीन वटा उपाधि जित्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७