बुटवलमा बस र मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु


२१ जेष्ठ २०८०, आईतवार
accident 2

लुम्बिनी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा हुँदा दुई युवकको मृत्यु भएको छ ।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७