अग्रता जोगाउन नसक्दा मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित


२१ जेष्ठ २०८०, आईतवार
Messi 22 tlwI9foO8r

काठमाडौँ । लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेइन (पीएसजी) आफ्नो अन्तिम खेलमा पराजित भएको छ ।
पीएसजीका लागि अन्तिम खेल खेलेका फरवार्ड लियोनल मेस्सी र डिफेन्डर सर्जियो रामोसले आफ्नो अन्तिम खेलमा टोलीलाई जिताउन सकेनन् । दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोलले पराजित भयो ।

रमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पीएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे । रामोस र मेस्सीले यो सिजनको अन्त्यसँगै पीएसजी छाड्ने निर्णय गरिसकेका छन् । यो खेल हारे पनि पीएसजी फ्रेन्च लिग वानको च्याम्पियन बनिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७