ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो


२१ जेष्ठ २०८०, आईतवार
Train odisa

नयाँदिल्ली । भारतको पूर्वी राज्य ओडिशा (उडिशा) मा दुई यात्रुवाहक रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । ८०३ जना घाइते भएका छन् ।

टाइम्स अफ इण्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, ‘२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ ।’ घाइते यात्रीलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिशा राज्यको राजधानी भुवनेश्वरबाट करिब १७१ किलोमिटर उत्तरपूर्वमा पर्ने बालासोर जिल्लाको बहानागा बजार स्टेसन नजिकै शुक्रबार साँझ सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनाका कारण प्रभावित रेलमार्गमा सेवा अवरुद्ध भएको छ । दुर्घटनाका कारण हालसम्म ४८ रेलको आवागमन रद्द गरिएको छ । ३९ वटालाई अन्य मार्गतर्फ पठाइएको छ भने १० वटाको आवागमन केही समयका लागि रद्द गरिएको छ । रासस / सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७