मेसी र रामोसले छोडे पिएसजी


२१ जेष्ठ २०८०, आईतवार

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनल मेसी र डिफेन्डर सर्जियो रामोसले क्लब छाडेका छन् । शनिबार पिएसजीका लागि क्लेरमन्टफर्टविरुद्धको अन्तिम खेल खेल्दै मेसी र रामोसले क्लब छोडेका हुन् ।

क्लेरमन्टफर्टविरुद्धको खेलमा पिएसजी पराजित भएको छ । दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

क्लेरमन्टफर्टको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरेका थिए । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेले गोल गरे । लिग वानको उपाधि भने पिएसजीले जितिसकेको छ ।

पिएसजीका मेसी र रामोसले यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने निर्णय गरिसकेका छन् । मेसी साउदी क्लबसँग आवद्ध हुने चर्चा छ भने रामोस स्पेनिस क्लबमा फर्कने चर्चा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७