खाँणका तर्फबाट दुई पूर्व महान्यायधिवक्ता, बारका तीन पूर्व अध्यक्षसहितले बहस गर्दै


२१ जेष्ठ २०८०, आईतवार
Balkrishna1683710767

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज (आइतबार) देखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस शुरु हुँदैछ । पक्राउ परेर हिरासतमा रहेका १८ जनाको आजदेखि थुनछेक बहस हुन लागेको हो ।

हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु तयार छन् । खाँणको पक्षमा बहस गर्नु दुई पूर्व महान्यायाधिवक्ता र तीन नेपाल बार एशोसिएसनका अध्यक्षसहितका वकिलहरुले बहस गर्ने भएका हुन् ।

जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका १८ बढी वरिष्ठ अधिवक्ताले बहस गर्नका लागि नाम टिपाएका छन् । यता सरकारका पक्षबाट भने सरकारी वकिल कार्यालयका अधिवक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् । नक्कली शरणार्थी प्रकरणमा खाँणसहित ३० जनालाई प्रतिवादी बनाइएको छ । यीमध्ये १८ जना पक्राउ परेका छन् ।

पक्राउ परेका सबैको बयान सकिएसँगै अदालतमा आज थुनछेक बहस शुरु हुँदैछ । बहस जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हुनेछ । आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन् । सरकारी वकिल र पीडितका तर्फबाट बहस सकिएपछि मात्रै प्रतिवादीको पालो आउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७