एमाले, रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित


२१ जेष्ठ २०८०, आईतवार
Samsad amale 5 scaled

काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमण र आममाफीको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै प्रतिनिधिसभामा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

Samsad amale 1

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिन रुलिङ गरेपछि पनि संसदमा नाराबाजी नरोकिएपछि भएपछि बैठक एक घण्टाका लागि स्थगित गरेका हुन् । ‘सदस्यहरुले उठाउनु भएको कुराप्रति सदन र सभामुखको गम्भीर ध्यानाकर्षण भएको छ । उपयुक्त समयमा सरकारले जवाफ दिने छ,’ घिमिरेले संसदमा भने । एमाले, रास्वपा र राप्रपाका सांसदले आफ्नो सिटबाट उठेर नाराबाजी गरेका थिए ।

Samsad amale 2
Samsad amale 3
Samsad amale 5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७