भारत भ्रमणसहितको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैन : लिङ्देन

‘राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा होइन’


२१ जेष्ठ २०८०, आईतवार
Rajendra lingden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेता राजेन्द्र लिङ्देनले लामो समयसम्म प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणअघि किन प्रमाणीकरण गरियो भन्दै यस विषयमा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।

उनले नागरिकता मात्रै नभएर राष्ट्रपतिले आममाफी दिएको विषयमा पनि आपत्ति रहेको बताएका छन् । ‘भारत भ्रमणसहितको विषय प्रधानमन्त्रीले जवाफ नदिन्जेल यो संसद अघि बढ्न सक्दैन,’ लिङ्देनले भने ।’
‘राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा होइन’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति मन्त्रिपरिषदको कारिन्दा हुन नसक्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै राप्रपाको संसदीय दलका नेता समेत रहेका लिङ्देनले भने, ‘राष्ट्रपति कार्यालय मन्त्रिपरिषदको आज्ञापालक हैन, राप्रपाले राष्ट्रपति संस्था संवैधानिक हिसावले पनि निष्पक्ष हुँदैन, हामीले यसलाई जतिसुकै निष्पक्ष भनेपनि यो अभिभावक हुन सक्दैन ।’

अध्यक्ष लिङदेनले यत्रो दिन किन नागरिकता विधेयकमा सरकारको चासो भएन र भारत भ्रमण अघि कसको स्वार्थमा प्रमाणीकरण गरियो भन्दै प्रश्न गरे । उनले भने, ‘बाउआमा नागरिक भएका तर छोराछोरी नागरिकता पाउनबाट बञ्चित रहेका हजारौं उमेर पुगेका मानिसहरुले नागरिकता पाउनुपर्दछ, उनीहरुका लागि चाँडोभन्दा चाँडो नागरिकता विधेयकमा संशोधन हुनुपर्दछ । अहिले पछिल्लो पटक जुन प्रक्रियाबाट र जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी विरोध गर्दछ ।’

उनले चाँडोभन्दा चाँडो संसदबाट प्रक्रिया पुर्‍याएर नागरिकता विधेयक पारित गर्न माग गरे । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको निष्क्रिय नागरिकता विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दल राप्रपा, रास्वपाले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । अध्यक्ष लिङ्देनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआउँदै कोही व्यक्तिलाई आम माफी दिइन्छ भने यो देशलाई कतातिर लैजान खोजिएको छ भन्दै प्रश्न गरे । उनले यसबारेमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७