सरकारले सुल्टो बाटो हिँड्न खोजेको छैन : एमाले


२१ जेष्ठ २०८०, आईतवार
Padam giri Amele samsad scaled
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सरकार सुल्टो बाटो हिँडन नखोजेको बताएका छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको विरोधमा आइतबार संसद अवरोध गर्दै सरकार सुल्टो संविधानलाई पालना गर्ने पक्षमा नरहेको बताएका हुन् ।

गिरीले संविधान पालना नगर्ने गरी संविधानलाई मिचेर अघि बढ्ने, राष्ट्रिय अखण्डतामाथि प्रश्न उठ्ने काम सरकारको तर्फबाट भइरहेको बताउँदै राष्ट्रपतिले प्रमाणीकरण गरेको निष्क्रिय बिधेयक रद्द गर्न माग गरे । उनले एक साताभित्र नयाँ बियधेक संसदमा दर्ता गरेर संवैधानिक बाटोबाट पारित गर्न माग गरे ।

राष्ट्रपतिले पुरानो फाइल खोजेर प्रमाणीकरण गर्ने संवैधानिक ढाँचामा कीर्ते हस्ताक्षर तयार गरेर र किर्ते विवरण तयार गरेर प्रमाणीकरण गरिएको उनले आरोप लगाएका छन् । उनले भने, ‘आज मुलुकमा सरकारले नै संविधानालाई पालन नगर्ने मिचेर अगाडि बढ्ने । मुलुकको राष्ट्रिय अखण्डतामाथि नै प्रश्न उठ्ने खालका कामहरू सरकारको तर्फबाट हुन थालिसके पछि आज बाध्य भएर हामीले यो प्रशंगहरू उठाउनु परिरहेको छ । नेपालमा जन्मेको आधारमा नेपाली नागरिकता प्राप्त गरेका नेपालीका सन्तानहरूले वंशजको आधारमा नागरिकता प्राप्त गर्न नसक्दाको कारणले गर्दा लाखौँको संख्यामा नेपालीहरूले अहिले उच्च शिक्षा पढ्न पाएका छैनन् । उनीहरूले लाइसेन्स प्राप्त गर्न सकेका छैनन् । उनीहरूले बैंकमा खाता खोल्न पाएका छैनन् । पासपोर्ट निकाल्न पाइरहेका छैनन् । पीडाबाट गुज्रिरहेका छन् । उनीहरूलाई छिटोभन्दा छिटो नागरिकता प्रदान गर्नुपर्ने दायित्व हाम्रो हो । हामीले त्यसलाई गम्भीरताका साथ लिएका छौँ ।’

उनले भने, ‘हामी भनिरहेका छौँ संवैधानिक प्रक्रिया अनुरूप संसदमा नागरिकता विधेयक दर्ता होस् । एक हप्ताभित्र दिनरात छलफल गरेर एक हप्ताभित्र नयाँ विधेयक पारित गराएर ति नागरिकहरूलाई नागरिकता प्रदान गर्ने कार्य हामीले अगाडि बढाऔँ भनेर हामीले भनिरहेका छौँ । तर दुर्भाग्यको कुरा के भने सरकारले सुल्टोबाटो हिँड्न खोजेको छैन । आज सरकार सुल्टो संविधानलाई पालना गर्ने पक्षमा सरकार छैन । जेठको १२ गते क्याबिनेटले एउटा निर्णय गर्छ । त्यसपछि राष्ट्रपतिलाई एउटा पत्र लेखेर पठाउँछ । पत्र लखेर पठाएको भरमा राष्ट्रपतिले पुरानो फाइल खोजेर प्रमाणीकरण गर्ने जुन संवैधानिक ढाँचा छ । त्यो ढाँचामा किर्ते हस्ताक्षर तयार गरेर र किर्ते विवरण तयार गरेर प्रमाणीकरण गरियो भनेर घोषणा गरिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७