गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द


२१ जेष्ठ २०८०, आईतवार
School banda

सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख अशोककुमार रौनियारले जानकारी दिए ।

उनका अनुसार गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकामा असर परेको सूचना आएपछि वर्खे बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिएका हुन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले जेठ २१ गतेदेखि २४ गतेसम्म वर्र्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको उनको भनाइ छ । हाल सञ्चालित परीक्षाहरु भने यथावत रहने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७