देशको समग्र हितको रक्षापछि मात्रै संसदको अवरोध हट्छ : अध्यक्ष ओली


२१ जेष्ठ २०८०, आईतवार
kp oli
फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को अवरोध हटाउने बताए । उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७