एमाले, रास्वपा र राप्रपाको अवरोधले रोकिएको संसद बैठक सोमबार बस्ने


२१ जेष्ठ २०८०, आईतवार
Samsad amale 5 1 scaled

काठमाडौँ । नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको विरोधका कारण रोकिएको संसद् बैठक अब सोमबार मात्रै बस्ने भएको छ ।

संघीय संसद्मा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले एक सूचना निकाल्दै अब अर्को बैठक सोमबार बिहान ११ बजे मात्रै बस्ने जानकारी दिएका छन् । आजको वैठक शुरु हुनासाथ प्रतिपक्षी तीन दलका सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणलगायतका विषयमा जवाफ नदिएसम्म संसद चल्न नसक्ने भन्दै नाराबाजी गर्दै अवरोध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७