राष्ट्रियसभाको बैठक ३ बजे बस्ने


२२ जेष्ठ २०८०, सोमबार
samsad rastriya sabha scaled

काठमाडौं । राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस दिउँसो ३ बजे बस्ने भएको छ । संसद भवनमा टाँस गरिएको सूचनामा सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक महत्वका विषयमा जानकारी गराउने कार्यसूची थियो ।

प्रधानमन्त्री दाहाल प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नोत्तरमा व्यस्त रहेकाले राष्ट्रियसभाको बैठक सारिएको हो । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले दिउँसो २ बजे सूचना टाँस गरी बैठक ३ बजे बैठक बस्ने जानकारी गराएका हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७