कोशीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा


२३ जेष्ठ २०८०, मंगलवार
koshi8 mao

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएसँगै माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।

मंगलबार विराटनगरमा वसेको माओवादी कैन्द्र प्रदेश पदाधिकारीको बैठक र कोशी प्रदेश संसदीय दलको बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७