बार्सिलोनाको अपराजित यात्रा कायमै, रियल मड्रिडसँग बराबरी खेले


२४ बैशाख २०७५, सोमबार
barca vs real madrid.

काठमाडौं, २४ वैशाख । स्पेनीस ला लिगामा बार्सिलोना र रियल मड्रिड दुई–दुई गोलको बराबरी खेलेको छ । उपाधि विजेता टिम बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । barca vs real madrid.

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा १० खेलाडीमा झरेको बार्सिलोनाले अग्रतालाई जोगाउन नसक्दा बराबरीमा खुम्चियो । निकै तनावपूर्ण खेलको १० औं मिनेटमा लुइस स्वारेजको गोल मार्फत बार्सिलोनालाई अग्रता दिलाएको थियो । तर १४ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

पहिलो हाफमा इन्जुरी समयमा बार्सिलोनाका रेर्गि रोबेर्टोले मर्सेलोलाई फल गरेपछि रेफ्रिले सोझै रातो कार्ड देखाए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलका ५२ औं मिनेटमा बार्सिलोनाले पुनः अग्रता बनायो । यसपटक उसका लागि लियोनल मेसीले गोल गरे । तर ७२ औं मिनेटमा काउन्टर अट्याकमा ग्यारेथ बेलले गोल गर्दै खेल दुई–दुई गोलको बराबरीमा पुर्याए ।

त्यसो त यो खेलमा रेफ्रिको निर्णय पनि निकै विवादस्पद रह्यो । एकपटक जोर्डी अल्वाले मार्सेलोलाई फल गरे पनि पेनाल्टी दिएनन् भने पुरै खेलमा ८ वटा पहेलो कार्ड दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७