प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटमाथि छलफल


२५ जेष्ठ २०८०, बिहीबार
Samsad jeth 22 scaled

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल आज पनि जारी रहने भएको छ । त्यसका लागि आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन (बानेश्वर) मा बस्नेछ ।

सरकारले यही जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ । बजेट उपयुक्त नभएको दाबी गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सच्याउन माग गरेको छ । अन्य प्रतिपक्षी दलले पनि बजेट अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७