प्रधानमन्त्री प्रचण्डद्वारा नेता भुसाललाई समवेदना व्यक्त


२५ जेष्ठ २०८०, बिहीबार
PRO KTM 066A8334 scaled

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गरेका छन् ।

PRO KTM 066A8342

प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उनीप्रति श्रद्धासुमन अर्पण गरेका हुन् । उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिल समेत गरेका छन् । भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उनी सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७