ट्रम्पविरुद्ध गोप्य दस्तावेजको मुद्दामा सात अभियोग, मंगलबार गिरफ्तार गरिंदै


२६ जेष्ठ २०८०, शुक्रबार
trump

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छाडेपछि अनधिकृत रुपमा महत्वपूर्ण एवं गोप्य दस्तावेज आफूसँगै राखेको आरोप लागेको छ ।

७६ वर्षीय ट्रम्पविरुद्ध अनधिकृत रुपमा महत्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । उनीविरुद्ध योसहित कानुन उल्लंघन गरेको‚ गलत अभिव्यक्ति दिएको लगायत कूल ७ वटा आरोप लगाइएको छ । यसअघि यस्तो प्रकरणमा कोही पनि पूर्व राष्ट्रपति नमुछिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

ट्रम्प भने सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि जुटिरहेका छन् । आफूविरुद्ध आरोप लागेपछि उनले सामाजिक सञ्जाल ट्रुथ सोसमा अमेरिकी पूर्वराष्ट्रपतिमाथि यस्तो आरोप लाग्नेबारे आफूले कहिल्यै नसोचेको भन्दै यसलाई अमेरिकाको कालो दिनको रुपमा व्याख्या गरेका छन् ।

राष्ट्रपति ट्रम्पले आफू अदालतमा उपस्थित हुनुअघि नै आफूमाथि लागेको आरोपपत्र दिइनुपर्ने बताएको सीएनएनले उल्लेख गरेको छ । यसका साथै उनले यही आरोपलाई लिएर मंगलबार अमेरिकाको मायामीस्थित संघीय अदालतमा उपस्थित हुने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७