बिपिसीले किन्यो दुई विद्युत आयोजना, चिनियाँ लगानीमा ८८२ मेगावाटको आयोजना बन्दै


२४ बैशाख २०७५, सोमबार
mathilo marsangdi

काठमाडौं, २४ बैसाख । बुटवल पावर कम्पनीले ६ सय मेगावाट क्षमताको अपर मस्र्याङदी दुई जलविद्युत आयोजना र २८२ मेगावाट क्षमताको मनाङ मस्र्याङदी आयोजना निर्माणका लागि दुईवटा जलविद्युत कम्पनी खरिद गरेको छ ।

mathilo marsangdi
माथिल्लो मस्र्याङदी । तस्विर : गुगल

कम्पनीले अपर मस्र्याङ्दी जलविद्युत आयोजनाका लागि हिमताल हाइड्रोपावर कम्पनीका सम्पूर्ण शेयर धनीहरु खरिद गरेको जनाएको छ । हिमताल हाइड्रोपावर खरिदका लागि बुटवल पावर कम्पनी, एससिआइजी इन्टरनेशनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी तथा साझेदार तीन चिनियाँ कम्पनीहरु र आयोजना कम्पनीका विदेशी शेयरधनी तथा स्थानीय शेयर धनीहरुबीच बैशाख २१ गते शेयर खरिद बिक्री सम्झौता भएको हो ।

यस आयोजनामा बुटवल पावरको १९.४ प्रतिशत शेयर स्वामित्व हुने र बाँकी स्वामित्व साझेदार चिनियाँ कम्पनीको हुने जनाइएको छ । त्यस्तै मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाका लागि कम्पनीले चैत १२ गते मनाङ मस्र्याङदी हाइड्रोपावर कम्पनीका सम्पूर्ण शेयरहरु खरिद गरेको छ । चिनियाँ कम्पनीसँग मिलेर एक हजार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता गरेसँगै ८८२ मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७