जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै


२७ जेष्ठ २०८०, शनिबार
jasapa office

काठमाडौँ । विधान अधिवेशनबारे छलफल गर्न जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज (शनिबार) दिउँसो १ बजे बस्दैछ ।

दिउँसो पार्टी कार्यालय बालकुमारीमा बैठक डाकिएको पार्टी चार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि चयन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुनेछ ।

जसपाले आगामी असार १०, ११ र १२ गतेका लागि काठमाडौंमा प्रथम विधान अधिवेशन आह्वान गरेको छ । यसअघिको केन्द्रीय समिति बैठकले उक्त विधान अधिवेशनमा पार्टी सम्बद्ध देशैभरिबाट सहभागी हुने सात सय ७८ जना प्रतिनिधिको चयन गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७