थ्रीस्टार ‘रेलिगेशन’ बाट जोगियो, एपीएफ ‘बी’ डिभिजनमा घटुवा

थ्रिस्टारका कप्तान विक्रम लामाले लिए सन्यास


२७ जेष्ठ २०८०, शनिबार
Untitled 1 SajPtAmlnl

काठमाडौँ । थ्रीस्टार क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेशनबाट जोगिएको छ । आज (शनिबार) दशरथ रङ्गशालामा जावलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार ‘बी’ डिभिजन घटुवा हुनबाट जोगिएको हो । उसका लागि विक्रम लामाले पेनाल्टीमा गोल गरे ।

आज पराजित भएको भए थ्रीस्टार रेलिगेशनमा पर्ने थियो । थ्री स्टार ‘ए’ डिभिजन लिगमै रहने भएपछि सशस्त्र प्रहरीको एपीएफ क्लब भने रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा भएको छ । यस सिजनमा खुमलटार युथ क्लब र एपीएफ क्लब ‘बी’ डिभिजनमा घटुवा भएका छन् ।

लिगको उपाधि चर्च ब्वाइज युनाइटेडले जितिसकेको छ । चर्च ब्वाइजले ‘बी’ डिभिजनबाट बढुवा भएको पहिलो वर्ष नै ‘ए’ डिभिजन लिगको उपाधि उचाल्न सफल भएको हो । लिगमा आज भएको पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ गोलले हरायो । यो सँगै मच्छिन्द्रले ४५ अङ्कसहित दोस्रो स्थानमा रहेर यो सिजनको लिग टुङ्ग्याएको छ ।

मनाङ भने ३२ अङ्कसहित आठौँ स्थानमा रह्यो । आजै च्यासल मैदानमा भएको खेलमा सङ्कटा क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् । एनआरटीले ३४ अङ्कसहित छैटौँ स्थानमा र सङ्कटाले ३२ अङ्कसहित नवौँ स्थानमा रहेर लिगको यात्रा सम्पन्न गरेका छन् । आजदेखि ’ए’ डिभिजन लिगको यो सिजनका सबै खेल सकिएका छन् ।

थ्रीस्टार क्लबका कप्तान विक्रम लामाले फुटबलबाट सन्यास लिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको शहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा जावलाखेल युथ क्लबसँग खेल्दै फुटबलबाट सन्यास लिएका हुन् ।
विक्रमले १४ वर्ष थ्रीस्टारबाट खेलेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले जावालखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएसँगै थ्रीस्टार रेलिगेसनबाट जोगियो । लिगको सुरुवातमा नै फुटबलबाट सन्यास लिने घोषणा गरेका कप्तान विक्रम अब घरेलु फुटबलमा फरक भूमिकामा देखिने छन् । खेलपछि विक्रमलाइ टोलीका खेलाडील गार्ड अफ अनरबाट सम्मान दिएका थिए । उनको यो करिअरकै अन्तिम म्याच आज भएको हो ।

353371620 563192109306612 6132679382979429738 n nKpDJBpqPy

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७