गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आमहडताल


२८ जेष्ठ २०८०, आईतवार
IMG 20230608 173958 578 scaled 1
फाइल फोटो

धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आज (आइतबार) सुदूरपश्चिममा आम हडताल गरिएको छ ।

गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ । कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् भने लामो दूरीका गाडी छुटेका छैनन् ।

पहाडी जिल्लामा आम हडतालको असर कम परेको जनाइएको छ । बिहानैदेखि केही चोकमा आन्दोलनकारीको उपस्थिति रहेको र प्रहरी पनि परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले उज्यालोलाई जानकारी दिएका छन् । लामो दूरीका गाडी सुदूरपश्चिममा भित्रिए पनि छुट्न भने नपाएका उनको भनाइ छ ।

२९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो तर १५ जेठमा सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैंयाको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएको थियो । सरकारले आफ्नै निर्णयविपरीत गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गरेको भन्दै संघर्ष समिति आन्दोलनमा उत्रिएको छ । सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने संघर्ष समितिले जनाएको छ ।

353041070 582321597348615 3041705313510230176 n 2UjiNemm3G

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७