सर्वोच्चमा मुद्दा दर्ता भएपछि राप्रपा सांसद शाहीले मागे प्रधानमन्त्रीको राजीनामा


२०८० जेठ २८ आइतबार ०८:०४ बजे

काठमाडौं । आजको प्रतिनिधिसभा वैठकमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग भएको छ । राप्रपाका सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘प्रधानमन्त्री ज्यूकाविरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराध जस्तो जघन्य अपराधमा मुद्दा दायर भएको छ’, शाहीले भने, ‘३० गते हाजिर हुन भनेर अदालतले भनेको छ । ३० गते प्रधानमन्त्री अदालतमा जाँदा प्रधानमन्त्रीको हैसियतमा जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्डको हैसियतमा ? युद्ध अपराध देशले गरेको होइन व्यक्तिले गरेको हो । त्यसैले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । उक्त पदमा बसिरहनु उचित हुँदैन ।’

शाहीको भनाईप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्रीविरुद्ध नियोजितरुपमा गैरराजनीतिक तरिकाले लागिरहेको भन्दै उक्त भनाई रेकर्डबाट हटाउन माग गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७