गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश रेग्मीको इजलासमा


२९ जेष्ठ २०८०, सोमबार
Sarbochha 4

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्डसम्बन्धी रिट निवेदनमाथि आज (सोमबार) सुनुवाईका लागि पेसी तोकिएको छ । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाई हुने गरी सोमबार पेसी तोकिएको छ । उक्त रिट निवेदनमाथि सुनुवाईका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा मा परेको थियो ।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७