राष्ट्रपति पौडेलको एनजीओग्राम गरियो, आज अस्पतालमै रहने


२०८० जेठ ३० मंगलबार ११:०४ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि इनजीओग्राम गरिएको छ । एनजीओग्रामको सुरुवाती रिपोर्ट राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

एनजीओग्रामबाट मुटुको बन्द भएको नसा खुलाइएको हो । राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फको ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ । गंगालालका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकको टोलीले पौडेलको उपचारमा संलग्न छ ।

एनजीओग्राम गरेपछि २४ घण्टा अब्जरभेसनमा राख्नु पर्ने भएकाले पौडेल भोलि डिस्चार्ज हुने अस्पतालले जनाएको छ । दम र ग्याष्ट्रिकबाट पीडित पौडेललाई मुटुमा समस्या देखिएपछि मंगलबार बिहान ७ बजेतिर बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७