अध्यक्ष तिमिल्सिना र सिपीसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता


३० जेष्ठ २०८०, मंगलवार
Upperhouse 351514875 919329332458556 4354785840503073723 n 1

चीन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङबीच आज ग्रेट हल अफ पिपुल्समा भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको र भविष्यमा पनि नेपाल एक चीन नीतिकै पक्षमा प्रतिबद्ध रहने बताए । ‘नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढरूपमा अडिग छौँ’, उनले भने ।

नेपाल र चीनबीच सदियौँदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको अध्यक्ष तिमिल्सिनाले बताए । भेटमा परामर्शदात्री सम्मेलनका अध्यक्ष हु निङले नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चीनको चाहना रहेको बताए । उनले नेपाल र चीन दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउनका लागि दुई देशका राजनीतिक तहमा भ्रमण आदानप्रदान गरिने बताउँदै चीन छिमेकी देशसँग मैत्री, पारस्परिक लाभ हुने काम गर्न तयार रहेको बताए ।

अध्यक्ष तिमिल्सिनासहितको नौ सदस्यीय प्रतिनिधिमण्डलले आजै बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको समाधिस्थलमा पुगेर पुष्पार्पण गरेको थियो । अध्यक्ष तिमिल्सिनाले तिब्बतमा असार १ र २ गते आयोजना हुने एक्स्पोलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७