प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ भोलि


३१ जेष्ठ २०८०, बुधबार
harikrishna karki
फाइल फोटो

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ भोलि (बिहीबार) हुने भएको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान ८ बजे कार्कीलाई बोलाउने निर्णय गरेको हो ।

आज उजुरीकर्ताहरूसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बुधबार बिहानको बैठकमा समितिले २३ जना उजुरीकर्तालाई छलफलका लागि बोलाइएको थियो ।

सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका थिए । बैठकमा उजुरीकर्ताहरूले प्रधानन्यायाधीशमा कार्कीको सिफारिसको निर्णय र संसदीय सुनुवाइको वैधानिकतामा प्रश्न उठाएका थिए । उजुरीकर्ताहरूले सामूहिक छलफल हुनुपर्ने आवाज उठाएपछि केहि समय समितिको बैठक प्रभावित बनेको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषदले प्रधानन्यायाधीश लागि कार्कीलाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले जेठ १६ गते प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
यसैबीच न्यायपरिषद्ले कामयमुकायम प्रधानन्यायाधीश कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ। न्यायपरिषदले पठाएको पत्रअनुसार ६५ वर्षे उमेर हदका कारण कार्की आगामी साउन २० गते अवकासमा जाँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७