प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरु


३२ जेष्ठ २०८०, बिहीबार
hari krishna karki1686796866

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका छन् । कार्कीलाई सुनुवाइका लागि समितिले आज बैठकमा बोलाएको थियो । उनी पुगेसँगै सुनुवाइ सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनेको सुनुवाइ केही ढिला सुरु भएको छ । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।

बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए । समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् । समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ । हाल कार्की नै कामु प्रधानन्यायाधीश छन् । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७