मेस्सीले सन् २०२६ को विश्वकप नखेल्ने


३२ जेष्ठ २०८०, बिहीबार
messi

काठमाडौं । सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले सन् २०२६ को विश्वकप नखेल्ने बताएका छन् । मैत्रीपूर्ण खेलका लागि चीन पुगेका ३५ वर्षीय मेस्सीले सन् २०२६ को विश्वकप नखेल्ने बताएका हुन् ।

चिनियाँ टेलिभिजन स्टेशन टाइटन स्पोर्ट्ससँग कुरा गर्दै मेस्सीले भने, ‘मलाई लाग्दैन कि सन् २०२६ को विश्वकप खेल्छु । कतार विश्वकप नै मेरो अन्तिम विश्वकप हो । यो कुरा मैले पटक–पटक भनिसकेको छु । म अर्को विश्वकप खेल्दिनँ ।’

बार्सिलोनाका पूर्व सुपरस्टार मेस्सीले हालै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छोडेर अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएका छन् । लगातार पाँच वटा विश्वकप खेलेका मेस्सीले गत वर्ष अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका थिए ।

गत वर्ष कतारमा भएको विश्वकपमा मेस्सीले सात गोल गरेका थिए । मेस्सी सन् २०२६ को विश्वकपमा ३९ वर्षका हुनेछन् । सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७