इच्छा विपरीत न्यायाधीश बनें, आफ्नो धर्म निर्वाह गरेको छु : कार्की


३२ जेष्ठ २०८०, बिहीबार
harikrsihna1686798530

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफू सर्वोच्च अदालतको न्यायाधीशमा इच्छा विपरीत गएको बताएका छन् । तत्कालीन प्रधानन्यायाधीशको आग्रहपछि मात्रै आफू सर्वोच्चमा गएको उनले बताएका छन् ।

‘इमान्दार भएर भन्दा मलाई सुरुमा सर्वोच्च जाने मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ’, कार्कीले संसदीय सुवाइ समितिको बैठकमा भने ।

कार्कीमाथिको सुनाइ जारी छ । समितिको बैठकमा उनले २०४० देखि २०७२ सम्म आफूले कानुन व्यवसायीको रुपमा काम गरेको बताएका छन् । ‘मैले फौजदारी, देवानी मुद्दा हेर्ने निजी संस्थामा कानुनी सल्लाहाकार भूमिका खेलेँ । राष्ट्रिय महत्वको विषयमा काम गरेँ । राष्ट्र निर्माणमा भूमिका खेलेँ’, सनुवाइ समितिको बैठकमा उनले भने, ‘मैले सामाजिक अभियान्ताको रूपमा काम गरेको छु । नेपाल बारमा पनि बसेर संवैधानिक सर्वोच्चता कायम गर्ने अवसर पाएँ । कानुन व्यवसायी परिषद्को आवश्यकता देखेपछि त्योअनुसार परिषद् ऐन हामीले ल्यायौँ । त्यसमा मलाई गौरव छ ।’

उनले आफू बार अध्यक्षमा २०६९ मा १० हजार मत ल्याएर निर्वाचित भएको पनि स्मरण गरेका छन् । न्यापालिकाको स्वतन्त्रतमलाई अघि बढाउन भूमिका निर्वाह गरेको भन्दै उनले काम गर्ने अवसर आएका बेला आफ्नो धर्म निर्वाह गरेको बताएका छन् । बारको कार्यकाल समाप्त हुन तीन महिना बाँकी रहँदा महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्ने अवसर आएको बताएका उनले बताएका छन् । कोभिड र डेंगीले लामो समय अदालतमा काम नभएको भन्दै उनले यस्तो अवस्थामा पनि आफूले ५ हजार ५८६ मुद्दा फैसला गरेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७