बागीको बिगबिगी : कहाँ-को विरुद्ध उठे बागी ?


५ कार्तिक २०७४, आईतवार
Election of Nepal

काठमाडौं : आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता आज सम्पन्न भएको छ । दर्तामा राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको छ ।  निर्वाचन आयोगमा प्राप्त प्रारम्भिक सूचनाअनुसार ४५० भन्दाबढी मनोनयन दर्ता भएको छ । उम्मेदवार दर्तासँगै नेताहरुमा उत्साहित भएका छन् भने केही जिल्लाका नेताहरुलाई भने बागी उम्मेदवारले तनाव दिएको छ ।

Election of Nepal

एमालेले टिकट नदिएपछि मनाङ्गेको बागी

दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङले एमालेबाट टिकट नपाएपछि मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्  एमालेले टिकट नदिएपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङ्गे स्वतन्त्र (बागी) उम्मदेवार बनेका हुन् । एमाले जिल्ला कमिटी मनाङले सर्बसम्मत उनलाई प्रदेश क्षेत्र नं। २ बाट सिफारिस गरेपनि केन्द्रीय कार्यालयले उनलाई टिकट दिएको थिएन । एमालेले टिकट नदिए पनि उनी एमालेको झण्डासहित एमालेका उम्मेदवारसँगै उम्मेदवारी दिन चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश दीपक ढकालले राजीव गुरुङको स्वतन्त्र उम्मेदवारी परेको र मनोनयन दर्ता भएको बताए । उनी केही साताअघि राप्रपा जिल्ला कार्य समितिका सवै सदस्यसहित एमालेमा प्रवेश गरेका थिए । दीपक मनाङ्गे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए ।

जाजरकोटमा एमालेबाट वागी

जाजरकोटबाट एमालेबाट वागि उम्मेद्वारी दर्ता गरेका छन् । क्षेत्र १ बाट वाम गठबन्धनका उम्मेद्वार गणेश सिंहविरुद्ध निरज आर्चायले वागी उम्मेद्वार दिएका हुन् । काङ्ग्रेसबाट क्षेत्र १ मा वेदराज सिह, २ मा दिपक जङ शाह, प्रतिनिधि सभामा राजिव शाहले मनोनयन दर्ता गराएका छन् । यस्तै एमालेबाट क्षेत्र १ मा निरज आर्चाय, २ मा करविर शाही र प्रतिनिधि सभामा गोविन्द बिक्रम शाहले उम्मेद्वारी दिएका छन् । माओवादीबाट क्षेत्र १ मा गणेश सिह, २ मा नरवहादुर कार्की र प्रतिनिधि सभामा शक्तिवहादुर वस्नेतको उम्मेद्वारी परेको छ ।

रुकुम (पूर्व) मा माओवादीका २ नेताको बागी उठे
रुकुम (पूर्व) बाट माओवादीका दुई नेताको बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि तेजेन्द्र खाममगर र प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट पुणिराज घर्तीले उम्मेदवारी दर्ता गराएका हुन । जनभावना विपरित पार्टीले टिकेट वितरण गरेको भन्दै आफुहरुले बागी उम्मेदवारी दिएको खाम मगर र घर्तीको भनाई छ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका खाम मगर माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन भने घर्ती माओवादीको पुथा उत्तरगंगा गाउँपालीका अध्यक्ष हुन्।

कांगेस सभापति विरुद्ध बागी
कांग्रेसका युवा नेता ज्ञानेन्द्र रुम्दाली वागी उम्मेदवार बनेका छन् । प्रदेशसभा ‘ख’मा पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध रुम्दालीले बागी उम्मेवारी दिएका हुन् । अर्कै क्षेत्रका सुनुवार ‘ख’मा आएर उम्मेदवार बनेको र टिकट वितरणमा अन्याय भएको भन्दै उनले उम्मेदवारी दर्ता गराएका हुन् । रुम्दाली ०७४ को संविधानसभा चुनावमा पनि बागी उम्मेदवार भएर करीव ३ हजार मत ल्याएका थिए । रुम्दाली तरुण दल ओखलढुंगाका जिल्ला अध्यक्ष समेत हुन् ।

रामेछापमा माओवादीको तीन बागी
रामेछापमा वामपन्थी गठबन्धनका साझा उम्मेवारविरुद्ध माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दिएका छन् । पूर्वसभासद लक्ष्मी गुरुङ र जिल्ला सेक्रेटरी रहिसकेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मैनकुमार मोक्तानसहितले विद्रोह गरेर बागी उम्मेदवारी दिएका हुन् । प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिनाविभागीय बनेका श्यामकुमार श्रेष्ठको उम्मेदवारी विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दर्ता गराएकी छन् ।

गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन् भने ०७० मा प्रत्यक्ष उम्मेदवार बनेर कांग्रेसका आङटावा शेर्पासँग दोस्रो भएकी थिइन् । प्रदेशसभातर्फ (क) मा माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकास बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा वामपन्थी उम्मेदवार छन् ।

प्रदेश (ख) मा माओवादी नेता मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् । रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि माओवादीभित्र श्याम श्रेष्ठ र युवराज चौलागाईबीच प्रतिस्पर्धा चलेको थियो । अन्तिम घडीमा श्रेष्ठले टिकट पाएपछि चौलागाई पक्ष असन्तुष्ट बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७