प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ : आज सवाल–जवाफ हुने


१ असार २०८०, शुक्रबार
Hari Krishna karki 3

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । हिजो (बिहीबार) सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज (शुक्रबार) पनि सुनुवाइका लागि बोलाइएको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्ने छन् । सवाल–जवाफबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७