प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मत अनुमोदन


१ असार २०८०, शुक्रबार
harikrishna anumodan R7PRgLReNP

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिबाट हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश पदमा सर्वसम्मत अनुमोदन भएका छन् ।

‘प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम समितिले सर्वसम्मत अनुमोदन गरेर सम्बन्धित निकायमा पठाएका छौँ’ , समितिमा सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भने ।

आज बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा कार्कीविरुद्ध परेका २९ उजुरीबारे समितिका सदस्यले प्रश्न गरेका थिए । त्यसमा जवाफ दिँदै कार्कीले कुनै पनि आरोप प्रमाणित भए आफूले पदबाट राजीनामा दिने बताएका थिए ।
संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्ति दिने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७