समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादी पार्टीको निर्णय


१ असार २०८०, शुक्रबार
Samajbadi
फाइल फोटो

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ । आज (शुक्रबार) पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा पार्टी सहभागी हुने जानकारी दिए । उनले समाजवादी मोर्चामा सहभागी बन्न सबै पार्टीको आन्तरिक बैठक पूरा भइसकेपछि अबको दुई–चार दिनभित्रमा नै मोर्चा घोषणा हुने दाबी गरे ।

उनले भने, ‘समाजवादी मोर्चाको चर्चा सबैभन्दा बढी छ । यो मोर्चा गठन गर्ने बारेमा हामीले लामो समयदेखि चर्चा गरिरहेका थियौँ । यस मोर्चालाई चाँडो भन्दा चाँडो घोषणा गर्नका लागि सबैको आन्तरिक बैठक पूरा भइसकेपछि आज हामीले समाजवादी मोर्चा नेपालको घोषणा नहुने तर चाँडै यसको घोषणामा सहभागी हुने कुरा सर्वसम्मतिले घोषणा गरेका छौँ ।’

उनले संसद र संसद बाहिर समाजवादी विचारधारा प्रवाह गर्ने, देशको विकासमा वकालत गर्ने, आम जनतालाई दिने सेवा सुविधा दिन दबाब दिनेगरी मोर्चा घोषणा गर्न लागिएको बताए। समाजवादी मोर्चामा अहिलेसम्म नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७