राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो


२ असार २०८०, शनिबार
ram chandra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रिबि शिक्षण अस्पताल महाराजगञ्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले जानकारी दिएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि राति २ बजे त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो । शिक्षण अस्पतालबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएको छ । अहिले उनको सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले जनाएको छ ।

केही दिनअघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरेर फर्केका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७