गाेरखा – २ मा ‘हेवीवेट’ भिडन्त


६ कार्तिक २०७४, सोमबार
गोरखा : आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गोरखामा वाम तथा कांग्रेस–नयाँ शक्ति गठबन्धनबाट उम्मेदवारी परेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । यी दुर्इबीचकाे भेवीवेट भिडन्तले सबैकाे ध्यान खिचेकाे छ ।
narayankaji baburam

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता हरि अधिकारीले उमेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा र समर्थकमा एमालेका यादव बस्नेत छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेस, नयाँ शक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीको साझा उम्मेदवार कांग्रेस नेता चिनकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेसका जीवनप्रेम श्रेष्ठ र समर्थकमा नयाँ शक्ति पार्टीका लक्ष्मण गुरुङ छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा माओवादीका विकास वाग्ले छन् भने समर्थकमा एमालेका प्रेम गुरुङ छन् ।

प्रतिनितिसभा क्षेत्र नम्बर २ मा कांग्रेस, नयाँ शक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले साझा उम्मेदवारी दिएका छन् । भट्टराईको प्रस्तावक नयाँ शक्ति पार्टीका रमेश पोखरेल छन् भने समर्थक कांग्रेसका हरिबहादुर घले छन् ।

प्रतिनिधिसभा १ को प्रदेश सभा (क) केन्द्रमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लेखबहादुर थापा र कांग्रेस–नयाँ शक्ति गठबन्धनबाट कांग्रेस नेता धीरन थापाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, क्षेत्र नम्बर १ को (ख) केन्द्रमा कांग्रेसका राजेन्द्र बजगाइँ र एमालेका रामशरण बस्नेतले उमेदवारी दिएका छन् ।

त्यस्तै, प्रतिनिधिसभा २ को प्रदेश सभा (क) मा कांग्रेस–नयाँ शक्तिका साझा उम्मेदवार नयाँ शक्ति पार्टीका हरिशरण आचार्य र माओवादी एमालेका साझा उम्मेदवार माओवादीकी कमला नहर्कीले उमेदवारी दिएका छन् ।

प्रतिनिधिसभा २ को (ख) केन्द्रमा कांग्रेसका प्रकाश दवाडी र माओवादीका अमर तमूले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७