अन्तर्राष्ट्रिय पदक विजेता वादोरियो कराते खेलाडी सम्मानित


२५ बैशाख २०७५, मंगलवार
karate 2

 

काठमाडौं, बैशाख २५: नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ ।karate 2

जापानमा भएको १२ औं सिजी निसिमुरा अन्तर्राष्ट्रिय करातेका स्वर्ण विजेता विकबहादुर थामी, रजत विजेता रिमला राई र कांस्य विजेता पुरुषोत्तम पोखरेल सम्मानित भए ।

त्यस्तै भारतको राजस्थानमा भएको इमास एसियाली खुला कुमुते प्रतियोगिताका स्वर्णधारी चित्रप्रसाद श्रेष्ठ, एलोन श्रेष्ठ, कुइसाङ लामा, मिङमार लामा, सुस्मिता वाईबा, साजन दोङ, सागर चौलागाईं, नवराज पुरी, युवराज पुरी र रमिता माझीलाई सम्मान गरिएको । रजत विजेता सुजन मल्ललाई पनि सम्मान गरियो । उक्त प्रतियोगितामा नेपाल १० स्वर्ण र १ रजतसाथ टिम उपविजेता भएको थियो । व्यवस्थापक नेत्रबहादुर भुजेल पनि सम्मानित भए ।

खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

अन्तर्राष्ट्रिय कराते हुने

नेपाल वादोरियो कराते डो  संघको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बैशाख ३० गतेदेखि हुने पनि जानकारी दिइयो ।

प्रतियोगितामा ९ राष्ट्रको सहभागिता निश्चित भइसकेको नेपाल कराते महासंघका महासचिव समेत रहेका आयोजक संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए । बसुन्धारामा हुने दुईदिने प्रतियोगितामा ४ सय ९५ खेलाडीले विभिन्न ३७ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७